शिव भट्टराई सुनसरी बैशाख २० गते । रातो तारा डट कम,
कक्षा ४ देखि कक्षा १० सम्मका कूल ३३१ विद्यार्थी मतदाता रहेका छन । अध्यक्ष , उपाध्यक्ष , सचिब र कोषाध्यक्षको लागी जम्मा १३ जनाको उमेदवारी परेको छ ।
निर्वाचनका लागि ३ वटा बूथको व्यवस्था गरेको थियो।मतदान गरी छात्र र छात्रा प्रतिनिधि एछनोट गर्दा जित्नेहरुले जिम्वेवारी वोध गर्ने र हार्नेहरुमा हार स्वीकार गर्न सक्ने क्षमताको विकास हुने विद्यार्थी बताउछन । विद्यालयमा साथीहरूलाई आवश्यक पर्ने कुराहरूलाई सरहरूसँग सल्लाह गरेर पूरा गर्ने,सामाजिक कार्य गर्ने ,प्रतिभा देखाउन चाहनेलाई प्रतिस्पर्धा गर्न दिने जस्ता एजेन्डा लिएर उम्मेदवारी दिएको प्रतीस्पर्धीको भनाई छ ।
जिते काम गर्ने र हार भए हार लाई सहर्ष स्वीकारेर जित्ने साथीलाई सहयोग गर्ने बानी बस्ने कुरा सोहि बिद्यालयका शिक्षक प्रमुख बेनु सिटौलाले बताएका थिए ।बालबालिकाहरूलाई चुनाव के हो, मतदान कसरी गर्ने, सदर र बदर मत कसरी छुट्याउने, प्रजातान्त्रिक प्रक्रियाद्वारा आफ्नो प्रतिनिधि आफैले कसरी चयन गर्ने लगायतका विषयमा विज्ञ बनाउनका लागि पनि यो चुनावी माहौल ल्याइएको र यसले राष्ट्रिय चुनावी माहौल बुझ्न बालबालिकाहरूलाई सहज हुने विद्यालयका मुख्य निर्वाचन आयुक्त लक्ष्मण निरौलाले बताए।
प्रत्यक्ष चुनावी प्रक्रियामा उक्त नेपाल बैद्धीक मिसन एकेडेमीका विद्यार्थीहरुले शैक्षिक शत्र २०७६ को लागी आफ्नो प्रतिनिधि निर्वाचन मार्फत छान्ने छन् भने उक्त मतदानको मतपत्रमा १३ वटा चिन्ह प्रयोग गरिएको छ।


Post a Comment