बिराटनगर बैशाख २० गते । रातो तारा डट कम,कोशी अस्पतालको हाता भित्र कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा सघीय स्वास्थ्य मन्त्री उमेन्द्र यादवले आज एक समारोहका बीच बर्थिङ सेन्टरको सिलन्यास गर्नु भयो ।
कोशी अस्पतालको सरसफाई जनतालाई दिदै आएको सेवा सुबिधामा बृद्घि गरेर यसलाई नेपालको पुर्व सुबिधा सम्पन्न अस्पताल बन्नेछ भन्नु भयो । सरकारले कोशी अस्पतालाई बिस्तार गरेर मुटु किट्नी प्रसुति लगाएत अन्य सुबिधाहरुको बिस्तार गर्न भवनहरु बनाउनु पर्ने भएकाले उपयुक्त ठाउ वा जग्गाको व्यवस्था गर्न बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई अनुरोध गर्नु हुदै सबैलाई धन्यवाद दिनु भयो ।
स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीले अहिले स्वास्थ्य मन्त्रालयले बिरगन्ज, जनकपुर, कोशी अस्पताल,सुबिधासम्पन्न बनाउन सरकारलको तर्फबाट पहल भईरहेको र यो दोस्रो सिलन्यास कार्यक्रम भएको जानकारी गराउनु भयो ।
अहिले बितेको १२ वर्ष देखि प्रसुति गराउदा वा सेवा दिदा ५५ देखि ६० प्रतिसतले मात्र खतरामुक्त महसुस गरेकाले अव बिसेसज्ञाको सेवा उपलब्द गराएर भए पनि मातृ सिसु को मृत्यु दरमा कमि ल्याउन काम थालेको बताउनु भयो ।
प्रदेश नम्वर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरे आफना कुरा राख्दै,कोशी अस्पताल मित्र र बाहिर सबै तीर फोहर देखिन्छ अनि अस्पतालले भाडामा लगाएका सटरहरुमा सुर्ति जन्य जस्ता बस्तु पदार्थ बिक्रि गर्न छुट दिएको देखिएकाले बन्द गराउ निर्देशन दिनु भयो ।
कोशीका डाक्टरहरु केहीले आफनो कार्यकक्षमै गुडका चुरोट खैनि खाने गरेकाले त्यसो नगर्न पनि मन्त्रीले सार्वजानीक रुपमै भन्नु भयो ।
बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अमेरिकन आर्मीले बनाइदिन लागेको यो बर्थिङ सेन्टर छिटो राम्रो बन्नेमा आफु आसाबादी हुदै सदैव आफु सहयोगी रहने बचन दिदै अमेरीक आर्मीको यो आयोजकलाई बधाइृ छ भन्नु भयो ।
अमेरीकी आर्मीले बनाउन लागेको बर्थिङ सेन्टरको रु १२ करोडको लागतमा हिमालय बिल्डर्स एण्ड इन्जिनेरीङ ले १२ कोठाको १०० (एक सय) बेड रहने गरी निमार्ण गर्न लागेको बताइएकोछ ।
कार्यक्रमको अध्यक्षता कोशी अस्पतालका सुपरिटेन्डेन डा सुनिल पोखरेलले गर्नु भएको थियो ।
Post a Comment