Websoft University

ट्याक्टर दुर्घटनामा १ को मृत्यु, २ घाइते


पाँचथर, वैशाख २५ गते । रातो तारा डट कम,पाँचथरको कुम्याक गाउँपालिका-२ सुब्बाटोल स्थित गैरी भन्ने स्थानमा मंगलवार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

कच्ची सडक खण्डमा राती पौने ९ बजे सुब्बाटोलबाट सल्लाको गोलिया काठ बोकेर चौथी बजार तर्फ आउँदै गरेको लु ४ त ६२४ नम्बरको ट्याक्टर उकालो बाटोमा आँफै अनियन्त्रित भई सडकवाट अन्दाजी ३० फिट तल खसेको थियो ।

दुर्घटनामा चालक पाँचथर याङवरक गाउँपालिका-३ ओयाम वस्ने वर्ष २१ को सन्तोष राई, सह-चालक फिदिम नगरपालिका-९ लुम्फावुङ वस्ने वर्ष २० को धिरेन राई र सोही ट्याक्टरमा लेवर काम गर्ने  फालेलुङ गाउँपालिका-५ प्राङबुङ वस्ने वर्ष २० को रोशन थाम्सुहाङ घाइते भएका थिए ।

घटनास्थलमा प्रहरी चौकी माङजावुङबाट प्रहरी टोली खटि गई घाइते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाईएकोमा गम्भीर घाइते थाम्सुहाङको उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा घाईते भएका चालक र सह-चालकको सोही अस्पतालामा उपचार भईरहेको  छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.