Websoft University

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर २ ले पायो


काठमाण्डौ बैशाख २५ गते । रातो तारा डट कम,मनमोहन मेमोरियल अन्तर प्रदेश १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर २ ले हात पारेको छ । २४ गते भएको फाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ३४ रनको लक्ष्य प्रदेश २ ले २६ ओभर ३ बलमा मात्र ६ विकेट गुमाएर पुरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३३ बनायो । उपाधिसँगै प्रदेश नम्बर २ ले २ लाख ५० हजार रुपैयाँ र सोही रकम बराबरको खेल सामग्री प्राप्त गरेको छ ।

उपविजेता सुदुरपश्चिमले १ लाख ५० हजार रुपैयाँ र सोही बराबरको खेल सामग्री प्राप्त गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.