झापा, वैशाख २५ गते । रातो तारा डट कम,झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेटबाट प्रहरीले मंगलवार लागूऔषध सहित भद्रपुर नगरपालिका-३ बस्ने बर्ष-२९ को दल बहादुर लिम्बुलाई पक्राउ गरेको हो ।
लिम्बुलाई दिउँसो ३ बजे नाईट्रोजन चक्की-१० एम्पुल र स्पास्मोप्रोक्सिभन ट्याब्लेट-८० चक्की सहित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरी शिवसत्ताक्षी नगरपालिका-१० बाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित मोरङ केराबारी गाउँपालिका-९ बस्ने वर्ष २० को रुबिन थापा र वर्ष १८ को अरुण लिम्बुलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले अपरान्ह पौने ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३७ प ७९९१ नम्बरको मोटररसाईकलमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको १ ग्राम खैरो हेरोईन बरामद गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको छ ।
Post a Comment