Websoft University

गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप हो— प्रधानमन्त्री


काठमाण्डौ बैशाख २४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप भएको बताउनुभएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै,प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवस बनाउनु पर्ने पनि धारणा राख्नुभयो । यस दिवसलाई गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ, ओलीले भन्नुभयो यो जनताको दिवस हो । प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताउनुभयो । कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने पनि बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.