काठमाण्डौ बैशाख २४ गते । रातो तारा डट कम,मुगुका स्थानीय तहमा यतिबेला धमाधम योजनाको सम्झौता हुँदैछन । आर्थिक वर्ष २०७५÷७६ सकिन तीन महिना बाँकी रहँदा आज भोलि योजना सम्झौताको काम धमाधम भईरहेका छन् । आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा योजना सम्झौता हुनुले दिगो विकास हुनेमा शंका उत्पन्न भएको छ । गत साउन १ गते बाट आर्थिक वर्ष शुरु भएको र यसअघि नै योजना सम्झैता भई काम हुनु पर्नेमा आर्थिक वर्षको अन्त्यमा योजना सम्झौता हुँदा गुणस्तरिय काम नहुने स्थानीयको आशंका छ । छायाँनाथ रारा नगरपालिकामा २ सय दुई योजना छन् । आजसम्म ७० ओटा योजनाको मात्र सम्झौता भएको छ । हिउँदको समयमा खेतिपाती नुहने र खाली बस्न बाध्य भएका स्थानीय अब खेती तर्फ लाग्ने कि विकासे योजनाको काममा लाग्ने दुविधामा छन् ।
Post a Comment