Websoft University

सहज जितका साथ एपीएफ सेमिफाइनलमा


काठमाडौ बैशाख २३ गते । रातो तारा डट कम,
विभागीय एपीएफ क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।


सिन्धुपाल्चोक लामोसाघु स्थित बसन्तपुर मैदानमा मंगलबार भएको खेलमा एपीएफले १० खेलाडीमा सिमित जिरी स्पोर्टस् क्लब दोलखालाई ४ – ० गोल अन्तरले पराजित गर्याे ।

मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा एपीएफको लागि हरि कार्की, सुुमित आले मगर, रवि थिंक र राम कुमार कुमालले एक एक गोल गरे ।

खेलको २६ मिनेटमा एपीएफका हरि कार्कीले पहिलो गोलगरे। उनले हेडिङमा गोल गरेका थिए । सुमित आले मगरले खेलको ६४ मिनेटमा दोस्रो गोल गरे । उनले रिवाउण्डमा आएको बल सदुपयोग गरेका थिए । 

यस्तै खेलको ७७ औ मिनेटमा राम कुमार कुमालले तेस्रो गोल गरे । टिमका लागि तेस्रँो गोल गर्ने क्रममा उनले फ्रिकिकमा गोल गरेका थिए ।

खेल सकिन ३ मिनेट अघि रवि थिंगले गोल गरे । उनले गोल गरेको अर्काे मिनेटमै जिरी स्पोर्टस् क्लबका गोलरक्षक सुवास भण्डारीले रातोकार्ड ब्यहोरेका थिए । डिबक्ब बाहिर आएर बल समातेपछि उनलाई रेफ्रि विश्वास कार्कीले सिधै रातो कार्ड देखाएका थिए ।

यस अघि खेलमा जिरीले कुनै पनि त्यस्ता गोलका अवसर सिर्जना गर्न सकेन ।

खेलको २० मिनेटमा एपीएफका राम कुमार कुमाल फ्रिकिकमा गोल गर्न चुके । उनको प्रहार क्रसबारको केहि माथिबाट बाहिरियो ।

यस्तै खेलको ६६ मिनेटमा प्रदिप लामाको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.