Websoft University

चुरेको संरक्षण आबश्यक


विराटनगर बैशाख २३ गते । रातो तारा डट कम,
पछिल्लो समय मोरङको उत्तरी क्षेत्रमा रहेको चुरे क्षेत्र उजाड बन्दै गएकोले यसको संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लेटाङ्ग नगर महासंघले मोरङको लेटाङ्ग नगरपालिका – १ मा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा सरोकारवालहरूले यस्तो बताएका हुन् ।

उनीहरूले चुरेको क्षेत्रको संरक्षणको लागि राज्यले स्थानिय उपभोक्ताहरुलाई प्रोत्साहन नगरे संरक्षण हुन नसक्ने बताए । कार्यक्रममा बोल्दै लेटाङ्ग १ नम्बर वडा अध्यक्ष विष्णु कुमार मगरले चुरेको संरक्षण गर्न सबै लागि पनुपर्नेमा जोड दिए ।  ‘चुरे क्षेत्रको संरक्षण गरे पनि स्थानिय उपभोक्ताहरूले लाभ पाउन नसकेको उनले बताए । स्थानीयलाई प्रोत्साहन गरेर चुरे संरक्षणमा विशेष योजना अगाडी बढाउनुपर्नेमा  उनले जोड दिए ।

कार्यक्रममा केराबारी गाउँपालिका ९ का वडा अध्यक्ष भूपेतेन्द्र मल्लले वर्षौदेखि सामुदायिक वन स्थानिय उपभोक्ताहरूले संरक्षण गरेको हुनाले यहाँको सामुदायिक वन सामुदायमा हस्तानतरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ लेटाङ्ग नगर महासंघका अध्यक्ष आनन्द सागर तिम्सिनाले जिल्लामा १ सय ३३ वटा सामुदायिक वन रहेकोले यसको संरक्षणमा स्थानिय जनता लागि परेको बताए।
मोरङको लेटाङ्गमा मात्र ३८ वटा सामुदायिक वन रहेको जानकारी दिदै उनले व्यापक रूपमा महासंघले सचेना अभियानको थलानी गरेको जानकारी दिए । हालसम्म ९ वटा सामुदायिक वनमा सामुदायिक वनको बारेमा जानकारी गराउँदै सचेतना फैलाउने जागरण अभियान सुरु गरिसकेको उनले बताए ।

आइतबार लेटाङ्ग १ मा रहेको श्री जलकन्या सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र कार्यसमिति सदस्यहरूलाई एक दिने प्रशिक्षण दिएको अध्यक्ष ललित कुमार तामाङ्गले जानकारी दिए ।  प्रशिक्षणमा १ सय बढीको सहभागिता रहेको छ ।

पत्रकार निरौला सम्मानित
लेटाङ्ग वार्ड नं. १ र केरावारी वार्ड नं.९ का स्थानीयले  पत्रकार कौशल निरौलालाई सम्मान गरेका छन् । स्थानीय जन सरोकारका समाचार सप्रेषण गरी सहयोग गरेको भन्दै उनलाई  सम्मान गरेका हुन् ।  नगद १० हजार १ सय १ रुपैयाँ र कदर पत्रले निरौला सम्मानित भएका हुन् ।

केही समय अगाडी पत्रकार निरौलाले सप्रेषण गरेको समाचारका कारण खानेपानिको समस्या हल भएको साथै त्यसक्षेत्रका बासिन्दाले राज्य साथै विभिन्न दातृ संम्थावाट सहयोग पाएको भन्दै स्थानीय जनताको तर्फवाट सम्मान गरिएको समाजसेवी ललित तामाङ्गले जानकारी दिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.