Websoft University

ऐतिहासिक गुफाको मौलिकता हराउँदै



काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,सडक सुविधासँगै सिंजा क्षेत्रमा रहेको ऐतिहासिक महत्वको पाण्डव गुफामा आन्तरिक पर्यटकको भीड बढदै गएको छ  । तर ऐतिहासिक महत्वको गुफामा प्लाष्टिकका मूर्ति राखिएका कारण मौलिकता भने हराउँदै गएको छ  । 

खस भाषाको उद्गम स्थल मानिने कनकासुन्दरी गाउँपालिकामा अवस्थित गुफा अवलोकनका लागि आउने पर्यटक बढेका छन् । पाण्डुसेरी गाउँको दक्षिणी भागमा रहेको गुफामा पाँच भाइ पाण्डव १४ वर्षसम्म गुप्तबास बसेको किंवदन्ती छ । 

किंवदन्ती अनुसार गुफाभित्र चार गदी थिए । गदीको निशानी हेर्न आउने पर्यटकको संख्या बढै गएको स्थानीय चन्द्र रोकायाले बताउनु भयो । पाण्डबहरू वसेको गदी भएको ठाउँमा प्लाष्टिकका मूर्तिहरू राखिदा मौलिकता हराएको छ । औसत दैनिक २५ जना आन्तरिक पर्यटक गुफाको अबलोकनका लागि आउने गरेको स्थानीयको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.