शिव भट्टराई सुनसरी बैशाख १९ गते । रातो तारा डट कम,
सप्तकोशीमा नेपाली प्राविधिकहरुले बनाएको पहिलो जेटबोटमा बह्माक्षेत्र जानेहरुको भीड बढ्न थालेको छ।सफल परिक्षण पश्चात् संचालनमा आएको जेट बोटमा कुम्भ मेला लागे सँगै भक्तजनहरुको भीड निकै बढेको हो।
सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रा लि ले भने
नेपाली इन्जिनियरहरु सुमन खत्री र लेखराज रिजालको नेतृत्वमा मोरङको सुन्दरहरैचामा निर्माण गरेको यस बोटमा कुम्भ मेला घुम्न आउने सबैले यसको मजा लिने गरेका छन्।अत्याधिक भिड भएका कारण कोही ले त रहर हुँदा हुँदै पनि बोट चढ्न नपाएको सिक्किमबाट आएका कृष्ण नेपाल त्यसैगरी काकडभिट्टाबाट आएका जय नारायण चौधरीले गुनासो गरे।
जेटवोट अहिले चतराको कोशी पुल बाट भोजपुर तथा धनकुटा जोड्ने सिम्ले सम्म नियमित रुपमा संचालन हुँदै आएको छ ।यसको क्षमता भने ३० जना सम्म रहेको चालक क्याप्टेन वीर साहले बताए ।
Post a Comment