Websoft University

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम,सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको  छ । नयाँ बानेश्वस्थित सङ्घीय संसद भवनबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट यस वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ । 

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सार्वजनिक गर्दै प्रशासनलाइ विकासमैत्री बनाउन सुरु गरिएको बताउँदै अर्थतन्त्रलाई गतिशील बनाइएको बताउनुभयो । सरकार र नीजि क्षेत्रबीच समन्वय गरिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पहाडमा सुरुङ, पानी जहाज र रेलका विषय यर्थाथमा परिणत हुँदै गएको दाबी गर्नुभयो । 

जनताको सुखदुःखमा सरकार पुगेको, हावाहुरी प्रभावितलाई सहयोग गर्न बारा, पर्सा पुगेको, पुनर्निर्माण कार्यमा उल्लेखनीय प्रगति  भएको पनि सरकारले दाबी गरेको छ । भूकम्पपछि बन्द रहेको तातोपानी नाका र सुख्खा बन्दरगाहा सञ्चालनमा आउने विषयलाई सरकारले सफलताको रूपमा लिँदै नीति तथा कार्यक्रममा प्रस्तुत गरेको  छ । 

सबै स्थानीय तहमा रोजगार केन्द्र स्थापना, मलेसिया र जापानसँग श्रम सम्झौता भएको, जेष्ठ नागरिक स्वास्थ बीमा, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले प्रथामिकतामा राखेको छ । पर्यटक आगमनमा ३३ प्रतिशत बढेको दावी गर्दै हिमशिखर सफाइ अभियान सुरु गरिएको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउँदै लैजाने, प्रदेश र स्थानीय तहको क्षमता विकास गरिने, जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाइने, क्षेत्रगत विकासका कार्यक्रमलाई दिगो विकास लक्ष्यका कार्यक्रमसँग जोड्दै लगिने, बि.स २१ सयसम्ममा नेपाललाई विकसित देश बनाइने, लामो समयदेखि अधुरो रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमा नै पूरा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
निजगढ बिमानस्थलको निर्माण कार्य तीब्र बनाउने, आउने वर्ष नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना गरिने, ४ वर्षमा मध्यपहाडी लोकमार्ग सम्पन्न गर्ने, कोशी र कर्णाली कोरिडोरको सबै खण्ड खोल्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । आगामी वर्ष ५ लाख रोजगारीको अवसर सृजना गरिने, सातै प्रदेशमा ७ नै औद्योगिक क्षेत्र स्थापना गरिने, आगामी वर्षदेखि नवलपरासीबाट फलाम खानी उत्खनन सुरु गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ । 

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गरिने, अन्य विमानस्थलमा रात्रीकालीन उडान सुरु गरिने, राष्ट्रिय राजमार्गका खण्डहरूमा पनि आपतकालीन धावन मार्ग बनाउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । माटो र मौसम अनुकुल खेती प्रणाली गरिने,प्रयोगविहीन अवस्थामा रहेका जमिन उपयोगमा ल्याइने विषय सरकारको प्राथामिकतामा छ । 

वैज्ञानिक वन व्यवस्थापन गर्ने तथा आगामी वर्षलाइ बृक्षरोपण वर्ष घोषणा गरिने छ । सडकलाई सुरक्षित बनाइने छ भने सरकारले निर्माण गर्ने सडक कम्तिमा २ लेनको हुने पनि कार्यक्रममा छ । काठमाण्डौलाई भारत र चीनसँग रेल मार्गमा जोड्न २ वर्षभित्र निर्माण सुरु गरिने छ भने नेपालको पानी जनताको लगानीमा आम नेपालीको स्वामित्व हुने गरी  कार्यक्रम बनाइने पनि सरकारले जनाएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई आगामी वर्षबाट कार्यान्वयनमा ल्याइने र यसपटक सामाजिक सुरक्षा भक्ता बृद्धि गरिने नीति तथा कार्यक्रममा भनिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.