Websoft University

एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलेे बधाई दियो

विराटनगर बैशाख २० गते । रातो तारा डट कम,विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलमा भएको हेड व्याय र हेड गर्लको निर्वाचनबाट निर्वाचित ओसियन रिमाल र रानिशा बुढाथोकीले कार्यभार सम्हालेका छन् ।
सपथ ग्रहणपछि उनीहरुले एक वर्षे कार्यकालको कार्यभार सम्हालेका हुन् । नवनिर्वाचित हेड ब्याय र हेड गर्ललाई आज विद्यालयका विद्यार्थी र शिक्षकहरुले बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना दिएका छन् । निर्वाचित हेड ब्याय र हेड गर्लले विद्यार्थी र विद्यालय प्रशासनको विचमा पुलको काम गर्ने गर्छन् । 

निर्वाचित उम्मेदवारले विद्यार्थीको समस्या समाधान र गुणस्तीय शिक्षाका सवालमा आफुहरुले बढी चासो दिने बताएका छन् । निर्वाचित दुवै उम्मेदवार कक्षा ९ मा अध्ययनरत छन् । उनीहरुलाई स्कूलका प्रिन्सिपल टिकाराम पुरीले प्रमाणपत्र वितरण गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.