Websoft University

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने, प्रधानमन्त्री ओली


काठमाण्डौ बैशाख १८ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको नेकपा माथी लगाएको प्रतिबन्ध नहटाउ्ने दोहो¥याउनुभएको छ । प्रमुख विपक्षी सहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताउनुभयो । मगलवार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने धारणा राख्नुभयो ।  विप्लव समूहले हतियार बुझाए सहज हुने उहाँले बताउनुभयो । नभए सरकारले नियन्त्रण गर्ने उहाँले बताउनुभयो ।  सरकारले विप्लव समूहमाथी २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहमा संलग्न भएको आरोपमा थुप्रै नेता कार्यकर्ता पक्राउ परे पनि केही भने छुटेका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.