सुनसरी, चैत्र ३० गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-८ पानी ट्याङकीमा शुक्रवार राती दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । कोशी राजमार्ग अन्तर्गत राती सवा ११ बजे धरानबाट ईटहरी तर्फ जाँदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको बा २० च ४०७६ नम्बरको कारले ओभरटेक गर्ने क्रममा ट्याक्टरको चक्कामा ठक्कर लाग्दा ट्याक्टर अनियन्त्रित भई नालीमा पल्टेकोथियो।
उक्त दुर्घटनामा कार अनियन्त्रित भई खनारबाट धरान जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा समेत ठक्कर लाग्दा कारमा सवार चालक सुन्दर-हरैचा नगरपालिका-४ बस्ने बर्ष ४५ को गोबिन्द बस्नेत, ईटहरी उप-महानगरपालिका-४ बस्ने बर्ष ३० को अनिल श्रेष्ठ, धनकुटा बस्ने बर्ष २७ को जनक बुढाथोकी र तत्काल ठेगाना नखुलेका बर्ष २८ को मदन लिम्बु गम्भीर घाइते भई उपचारको लागि धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा कार चालक बस्नेत बाहेक अन्य ३ जनाको उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गम्भीर घाइते भएका कार चालकलाई थप उपचारको लागि विराटनगर स्थित बिराट नर्सिङ होम पठाईएको छ । दुर्घटनामा टयाक्टरमा सवार झापा चन्द्रगढी नगरपालिका- ६ बस्ने बर्ष २२ को दिल कुमार राजवंशी, मोरङ रंगेली नगरपालिका-२ बस्ने बर्ष १७ को बिनोद कार्की र भद्रपुर नगरपालिका-८ बस्ने बर्ष २२ को कृष्ण राजवंशी घाइते भई धरानमा उपचार भईरहेको छ ।
साथै बसमा सवार रहेका धरान उप- महानगरपालिका-१८ बस्ने बस्ने बर्ष ३० की चन्द्रा राई, धरान -११ बस्ने बर्ष २२ की प्रभा राई, धरान-१७ बस्ने बर्ष ३० की सुक्रीकला राई , बर्ष ३४ की सारदा राई र बर्ष ३५ की पबित्रा बिष्ट घाइते भई धरानमा उपचार भईरहेकोमा सुक्रीकला राई बाहेक अन्य ४ जना डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तीन वटै सवारी साधन ट्याक्टर र बसका चालकलाई प्रहरीको नियन्त्रणमा
राखिएको छ ।
Post a Comment