Websoft University

राष्ट्रिय सभा सदस्य रमेश जङ्ग रायमाझीद्वारा शुभकामना आदानप्रदान


शिव भट्टराई -बिराटनगर चैत ३० गते । रातो तारा डट कम,सुन्दरहरैचा, नव बर्ष २०७६ सालको शुभ अवसरमा शुक्रबार राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको निवास सुन्दरहरैचा-३ गछिया मोरङमा नववर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम  आयोजना गरिएको थियो ।

उक्त शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नेपाली काङ्ग्रेसका युवा नेता तथा राष्ट्रिय सभा सदस्य रमेश जङ्ग रायमाझिले आयोजना गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा ने.का. केन्द्रिय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजाल , ने का.केन्द्रीय सदस्य डा. शेखर कोइराला , महासमिति सदस्य डा. सुनिल शर्मा तथा सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल , उपमेयर धनमाया तामाङ , सोही नगरपालिकाका वडाध्यक्षहरु तथा अधिकांश नेता कार्यकर्ता साथै क्षेत्र नं ६ का स्थानिय वासिहरुको समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम राष्ट्रिय सभा सदस्य रमेश जङ्ग रायमाझिको निवासमा दिउँसो ३ बजे देखि शुरु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.