Websoft University

ट्याक्टर दुर्घटना चालकको मृत्यु



मोहन कमार राई÷ चैत्र  ३० गते । रातो तारा डट कम,संखुवासभा÷ खाँदवारी नगरपालिका वडा नं ९ स्थित आँपगाछीमा तुम्लिङ्गटारबाट सभाखोलातर्फ बालुवा लिन जाँदैगरेको को २ त ५१८४ नं.को ट्याक्टर अनियन्त्रित भई सडकबाट ५ मिटर तल खस्दा चालकको मृत्यु भएको छ । ट्याक्ट चालक सुन्सरी जिल्ला इटहरी उप महानगरपालिका १६ का अर्जुन कार्की वर्ष २४÷२५ को दुर्घटना स्थलमानै मृत्यु भएको थियो ।

ट्याक्टरमा सवार षडानन्द न.पा ८ बस्ने सेतुमान तामाङको छोरा वर्ष १८ कोप्रकाश तामाङ बाँया आखा र टाँउकोमा चोट, षडानन्द नपा ८ कै कार्तिकेवस्ने सन्तोष तामाङको निधार र शरीरको विभिन्न भागमा चोट, 
इटहरीउपमहानरपालिका १६ का वर्ष १६ को प्रविन खड्काको बाया हात, गाला र आँखामा चोट, चैनपुर नगरपालिका वडा नंं ९ का वर्ष २८ को रामकुमार राईको दुवै हात र खुट्टामा चोट लागेको छ । 

घाइतेहरुको तत्काल उपचारको लागि तुम्लिङटार स्थित मातामनकामना हस्पिटल पठाइएको जिल्ला
प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको समेत जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.