सुनसरी, चैत्र ३० गते । सुनसरीको रामधुनी नगरपालिका-३ जाल्पा पेट्रोल पम्प अगाडी हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको गरेको बा ४ ख १४२२ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउँदै गरेको को २३ प ७७१९ नम्बरको मोटरसाईकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । ठक्करवाट मोटरसाईकल चालक ईनरुवा नगरपालिका-६ मधेसा बस्ने बर्ष ३५ को गजेन्द्र खवास चौधरी र मोटरसाईकलको पछाडी सवार ईटहरी उप-महानगरपालिका- १६ बस्ने बर्ष ५५को अशोक साह घाइते भएका थिए । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा गम्भीर घाइते मोटरसाईकल चालक चौधरीको बिहान सवा ९ बजे मृत्यु भएको हो भने अर्का घाइतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने हायसका चालक महोत्तरी महेस्थान गाउँपालिका-५ बस्ने बर्ष ४० को हेम बहादुर जिम्बा तामाङलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
हायसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, १ घाइते

Post a Comment