मोहन कुमार राई-चैत्र २९ गते । रातो तारा डट कम,
संखुवासभाको चैनपुर रंगशालामा शुक्रबार भएको १ नं. प्रदेश स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप खुल्ला पुरुष फुटवल प्रतियोगितामा चैनपुर नगरपालिकाले उपाधी हात पारेको छ ।
चैनपुर नगरपालिका संखुवासभा र कटारी नगरपालिका उदयपुर बीच भएको फाइनल खेलमा पहिलो गोल चैनपुरका जर्सी नं.१९ खेलाडी फ्रेन्चेस डोइले खेल शुरु भएको १८ औं मिनेटमा कटारीलाई गोल हानेको थियो । यसै गरी ३१ मिनेटपछि जर्सी नंं. ९ का खेलाडी वर्तमान राईले दोस्रो गोल थपेका थिए भने अन्तिम गोल खेल सकिने ३ मिनेट बाकी रहँदा चैनपुरका जर्सी नंं १० का खेलाडी वीलसन लिम्बूले तेस्रो गोल कटारीलाई हानेका थिए ।
यसरी ३–० ले चैनपुर नगरपालिकाले प्रथम उपाधी हाता पारेका छन् भने दोस्रो कटारी नगरपालिका तेस्रो स्थानमा सेमिफाइनसम्म पुग्न सफल उर्लावारी नगरपालीका मोरङ्ग र सूर्यदयन नगरपालिका इलाम दुवै टिम पुगेका छन् ।
क्रमशः प्रतियोगितामा विजयी हुने नगरपालिकाका प्रथम स्थान हासिल गर्ने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५ , द्धितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान एवं सेमी फाइनलमा पराजित दुवै टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित मेडल,कप र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई रु.१५ हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई ५ हजार नगद सहित पुरस्कृत गरिएको चैनपुरबाट सञ्चारकर्मी मोहन राईले जनाएको छ ।
१ नं प्रदशे सभाका सामाजिक विकास समिति सभापति सरिता थापा खड्काको प्रमुख आतिथ्यतामा भएको खेल प्रतियोगिताको समापन कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी तथा सामाजिक संघ संस्थाको प्रमुख तथा प्रतिनिधहरुको समेत उपस्थिति रहेको थियो ।
Post a Comment