श्याम राई उदयपुर गाईघाट,चैत २९ गते । रातो तारा डट कम, त्रियुगा नगरपालिका गाईघाटले कृषिलाई ब्यवसायी यान्त्रिकरण तथा आधुनिकिकरण गर्दै लैजाने उद्देश्यले किसानहरुलाई हाते ट्रयाक्टर वितरण गरिएका छन ।
नगरपालिकाले चालु आर्थिक वर्ष बिनियोजित बजेटबाट मिनी टिलर, थ्रेसर, ब्रस कटर बितरण गरेको हो ।
त्रियुगा नगरपालिका गाईघाटले विभिन्न वडाका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा पावर टिलर, मिनि टिलर, थ्रेसर, ब्रस कटर ३९ वटा वितरण गरेका हुन । ब्यवसायीक तथा बेमौसमी तरकारी खेति गर्न कृषक समूहलाई खेत जोत्न, तरकारी फलफूल लगाउनका लागि हाते ट्याक्टर प्रभावकारी हुँदै गएपछि यसको वितरण गरिएको त्रियुगा नगरपालिका कृषि विकास शाखाका प्रमुख नाथुराम चौधरीले बताएका छन् ।
कृषिलाई निबाहामुखि परम्परागत खेति होइन ब्यवसायीक खेति प्रणाली अपनाउनका लागि ट्रयाक्टर वितरण गरिएको हो, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बताए । उनले भने ट्याक्टरलाई थन्काएर होइन् प्रयोग गरेर कृषकलाई चाहिने अन्नपात, तरकारी, फलफुल लगायतको उत्पादन गर्न प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । परम्परागत प्रणालीमा गरिने कृषिलाई अत्य गरि कृषिलाई आधुनिक यान्त्रिकरण गरि ब्यवसायीक कृषि प्रणाली अप्नाएर कृषि क्रान्ति गर्ने उदेश्यले हाते ट्रयाक्टर बितरण गर्न थालिएको नगर प्रमुख चौधरीको भनाई रहेको छ ।
परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गर्न सकेनौं भने समृद्धि हासिल गर्न नसकिने भन्दै कृषिबाट राम्रा समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
नगरपालिकाले कृषिलाई आधुनिक यान्त्रिकरण गर्दै ब्यवसायीक र बजारीकरण समेत गर्ने लक्ष्य रहेको छ । सोही अनुरुप त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका– १२ बिसनपुरमा १० बिगाहा क्षेत्रफलमा नगर कृषि केन्द्र स्थापना गर्दैछ । केन्द्रमा कृषि सम्बन्धि सम्पूर्ण तालिम तथा थोपा सिचाई देखि हलो जोत्ने मल लगाउने देखि फोहोरबाट अर्गानिक मल उत्पादन गर्ने सम्मको लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । त्यहाँ फोहोरबाट अर्गानिक मलसँगसँगै ग्यास उत्पादन गरि बितरण गर्ने उद्देश्य रहेको नगर प्रमुख चौधरीले बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षमा नै त्रियुगा नगरपालिका– १३ असारीमा असार १५ गते चाक्लाबन्दी यान्त्रीकरणको माध्यमद्धारा खेति गर्ने तयारी भई रहेको जानकारी दिए । करिब २÷३ सय बिगाहामा चाक्लाबन्दी आधुनिक यान्त्रिकरण खेति गर्न स्थानीय किसानहरुसँग छलफल अघि बढाई सकेको जानकारी दिए । जसमा नगरपालिकाले बिऊ बिजन, मेसिन ल्याई दिने अभियानको थालनी गरेकोछौ । चाक्लाबन्दी खेति प्रणालीमा सहकारी वा समुह निर्माण गरि गर्न सकिने त्यसका लागि कम्तिमा १० बिगाहा हुनु पर्ने बताए ।
कृषिलाई आधुनिकरण गर्ने लक्ष्यका साथ अनुदानको ट्याक्टर २८ जना कृषकलाई र २ वटा कृषक समूहलाई वितरण गरिएको थियो । नगरपालिकाको ५० प्रतिशत अनुदान रहेको ट्रयाक्टरमा कृषकहरुले भने ५० प्रतिशत रकम तिरेर लैजानु पर्ने ब्यवस्था अनुरुप यस वर्ष ३० वटा ट्रयाक्टर वितरण गरिएको त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख नाथुराम चौधरीले जानकारी दिए । यसरी बितरण गरिएको मिनि टिलर ९ एचपी, ६ एचपीको रहेको बताउँछन ।
त्रियुगा नगरपालिका भित्रका विभिन्न कृषक समुह र ब्यक्तिगत रुपमा आधुनिक ब्यवसायीक खेति गर्न चाहनेहरुका लागि आवेदन माग गरिएको थियो । सो आवेदन माग अनुरुप कृषक तथा समुहको निवेदन परेका मध्ये ३० जनालाई आधुनिक हाते ट्याक्टर वितरण गरिएको हो । कार्यालयका अनुसार प्रति मिनि टिलरलाई १ लाख ५ हजार रुपैया पर्ने आधुनिक हाते ट्रयाक्टर कृषक तथा कृषक समूहलाई ५० प्रतिशत अनुदान छुट गरि प्रति ट्याक्टर ५२ हजार ५ सय लिएर वितरण गरिएको नगरपालिकाले जानकारी दिए ।

Post a Comment