बिराटनगर चैत २९ गते । रातो तारा डट कम,आज बिराटनगरको सहिद रंगशालामा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रदेश प्रमुख प्रा.डा.तुम्बाहाङले खेलकुदको सफलताका लागि प्रदेशबाट सहभागि खेलाडी तथा प्रशिक्षकहरुलाई उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिनुभएकोछ ।
आठौँ राष्ट्रिय खेलकुदका विभिन्न विधाका खेल चैत २७ गतेदेखि सुरु भईसकेका छन्। यसअघि, विराटनगरको शहिद रंगशालामा सातौँ राष्ट्रिय खेलकुद २०७३ सालमा सम्पन्न भएको थियो। आठौँ खेलकुदका लागि पूर्वओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत,विमला राना र डम्बर लिम्बूले टर्च विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन्।
काठमाडौ बाट चैत २८ गते हिजो ल्याइएको ओलम्पिक टर्च प्रदेश १ को राजधानी विराटनगर ल्याइपुर्याएको हो ।
काठमाडौ बाट चैत २८ गते हिजो ल्याइएको ओलम्पिक टर्च प्रदेश १ को राजधानी विराटनगर ल्याइपुर्याएको हो ।
काठमाडौंबाट सुरु हुने ओलम्पिक टर्च चैत २९ गते प्रदेश १ हुदै धनुषा, चैत ३० गते प्रदेश ३ हेटौडा र चितवन पुग्नेछ । वैशाख १ गते प्रदेश ४ को पोखरा, २ गते प्रदेश ५ बुटवल र लुम्बिनी, ३ गते प्रदेश ७ धनगढी पुग्ने छ । प्रतियोगिताको उद्घाटन वैशाख ५ गते नेपालगञ्ज रंगशालामा हुनेछ ।
बिराटनगरमा आज भएको कार्यक्रममा समाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, खेलकुदका पदाधिकारी तथा खेलाडीको उपस्थिति रहेको थियो।
बिराटनगरमा आज भएको कार्यक्रममा समाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, खेलकुदका पदाधिकारी तथा खेलाडीको उपस्थिति रहेको थियो।
Post a Comment