काठमाण्डौ बैशाख १ गते । रातो तरा डट कम,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहिको लालबन्दीमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । लालबन्दी नगपालिकाको बगवानी जंगलमा बस दुर्घटना भएको हो । काठमाण्डौंबाट छुटेको बा ३ ख १३१८ नम्वरको रिजर्भ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको मृत्यु भएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ । सामान्य घाइतेहरूको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
Post a Comment