शिव भट्टराई सुनसरी बैशाख १ गते । रातो तारा डट कम,
भोजपुर जिल्ला हतुवागढी गाउँपालिका जन्मथलो भएका , हाल सुनसरी जिल्ला लगायत आसपासका जिल्लामा रहेका भट्टराई बन्धुहरु भेला भइ ( हतुवाली भट्टराई एकता सेवा समाज ) को तदर्थ समिती गठन गरियो । ज्येष्ठ नागरिक कुल प्रसाद भट्टराई को अध्यक्षतामा भएको भेलाले बराहक्षेत्र ४ का अच्युत भट्टराई लाई कार्य समितीको अध्यक्षमा निर्वाचित गरेको छ l
त्यसैगरी समितिको उपाध्यक्षमा अर्जुन भट्टराई , सचिबमा तिर्थराज भट्टराई , कोषाध्यक्षमा सरिता भट्टराई , सह सचिबमा मिना भट्टराई लगायत ११ सदस्यीय कार्य समिती रहेको उद्घव भट्टराईले जानकारी दिए । त्यसैगरी ५ सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ ।
छलफल बाट समितिको सदस्य बन्नका लागि १ सय ५ प्रवेश शुल्क लिने , प्रत्येक महिनाको अन्तिम शनिबार मासिक बैठक बस्ने लगायतका महत्त्वपूर्ण निर्णय गरिएको छ । हतुवागढिका भट्टराईलाई एकता गर्ने , भट्टराई बन्धुहरुको हितमा काम गर्ने , वंशावलीमा मा छुटेका हरुलाइ समावेश गराउने जस्ता महत्त्वपूर्ण उदेश्यहरु राखेर समिती गठन गरिएको नव निर्वाचित अध्यक्ष भट्टराईले बताए ।
इटहरी बालग्राम स्थित मुक्ती भट्टराईको घरमा भएको भेलामा ३० भट्टराई बन्धु हरुको उपस्थिति रहेको थियो । आगामी नियमित बैठक बाट छुटेका बन्धुहरुलाइ समावेश गराउदै लैजाने निर्णय भएको समितिले जानकारी दिएको छ ।
Post a Comment