Websoft University

भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुने—प्रधानमन्त्री केपी शर्मा ओली


काठमाण्डौ बैशाख १ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको अन्त्य र सुशासन कायमका लागि २०७६ साल उपलब्धिमूलक हुने बताउनु भएको छ ।

नयाँ वर्षको अवसरमा सरकारी निवास बालुवाटार परिसरबाट आज बिहान सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यको सम्पत्ति दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन थालिएकोले यो वर्षमा राज्यविरुद्धका अनैतिक कामहरूको अन्त्य गर्न सरकार लागि पर्ने बताउनुभयो ।

सीके राउत नेतृत्वको समूहतर्फ सङ्केत गर्दै उहाँले विखण्डनको माग गर्ने समूहलाई मूल राजनीतिमा ल्याउनु पनि अघिल्लो वर्षको मुख्य उपलब्धि हो भन्नुभयो । सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइनेमा जोड दिँदै लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन नसक्ने उल्लेख गर्नुभयो ।

अवाञ्छित प्रतिगामी प्रयास र संविधान विरोधी गतिविधि कडाइका साथ नियन्त्रण गरिने जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रङ्ग दिएर हिंसालाई उचित नठह¥याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन आग्रह गर्नुभयो । दिगो विकासको लक्ष पूरा गर्नु, देशलाई अतिकम विकसित राष्ट्रबाट छिट्टै नै विकसित राष्ट्रको रूपमा स्थापित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले विकासको गति बढाएर सफलता हात पार्ने दिशामा सरकार यो वर्ष क्रियाशील हुने धारणा राख्नुभयो ।

संयुक्त राष्ट्रसंघीय वालकोष (युनिसेफ) ले हालै प्रकाशित प्रतिवेदनमा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरूले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र भन्नु पनि सकारात्मक रहेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.