ओखलढुङगा, चैत्र २९ गते । रातो तारा डट कम,ओखलढुङगाको लिखु गाउँपालिका-३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहीबiर लिखु गाऊँपालिका-४ की ५५ बर्षीया सेतीमाया मगर, निजकै छोरी १८ बर्षीया विष्णु मगर र ३२ बर्षीया गोमा मगर घर लिप्ने माटो खन्न गएकोमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा ५५ बर्षीया सेतीमाया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । अन्य दुई जना मध्ये बिष्णु मगरको अवस्था गम्भीर भएकोले उपचारको लागि काठमाण्डौ पठाईएको तथा गोमा मगरको अवस्था सामान्य रहेको उक्त कार्यालयले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय खिजिफलाँटेबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
Post a Comment