Websoft University

आसरा सुधार केन्द्र धरान शाखाको समुद्घाटन


धरान-सुनसरी,लागुऔषध तथा मद्यपानको कुलतबाट जोखिममा पर्न सक्ने युवाबर्गहरुलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुनर्जीवन प्रदान गर्ने उदेश्यले सुनसरीको धरानमा आसरा सुधार केन्द्रको निर्माण भई समुद्घाटन भएको छ ।

उक्त भवनको आज एक बिशेष समारोहका विच नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूले शिलालेख अनावरण तथा रिवन काटेर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

आसरा सुधार केन्द्र रानीवारी काठमान्डौको शाखाको रुपमा धरान उप-महानगरपालिका-६ पानवारीमा स्थापना भई समुद्घाटन भएको उक्त भवन आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती प्रमिला खनालज्यूलाई आजै हस्तान्तरण समेत गरिएको छ । २ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको ३ तले भवनमा  अवास कक्ष, बैठक कक्ष, कार्यालय कक्षहरु, जीम, योग तथा कक्षा सञ्चालन हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डाइनिङ हल, टिभी रुम, शौचालय र बाथरुम उपलब्ध छन् ।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती प्रमिला खनाल, आसरा सुधार केन्द्रका संरक्षक तथा १ नम्बर प्रदेश प्रहरी प्रमुख केदार रिजाल र आसरा सुधार केन्द्र भवन निर्माण समितिका अध्यक्ष मनोज कुमार मेन्याङवोज्यूले संयुक्त रुपमा आसरा स्मारीकाको बिमोचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूले भवन निर्माणको लागि निःशुल्क जग्गा दान गर्नु हुने जग्गादातालाई अभिनन्दन गर्नुहुँदै भवन निर्माणमा सहयोग गर्नु हुने महानुभावहरुलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गर्नु भएको थियो  ।

सम्मान कार्यक्रम वहाँले युवाशक्ति दुर्व्यसनमा फसेर जीवन बर्बाद गरिरहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको रोकथामका लागि प्रहरी लागिपरेको बताउनु भयो । वहाँले  लागु औषध दुर्व्यसनीले एउटा घरको मात्रै नभई समाज र देशकै समस्या निम्त्याईरहेको अवस्थामा दुर्व्यसनीमा फसेका युवाहरुलाई उचित परामर्श तथा उपचार गरी लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनर्स्थापना गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा आसरा सुधार केन्द्र रानीवारीकी अध्यक्ष श्रीमती प्रमिला खनालले धरानमा आसरा सुधार केन्द्रको शाखाको रुपमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्न सकिएकोमा खुशी ब्यक्त गर्दै यस केन्द्रको दुर्ब्यसनीमा फसेका युवा बर्गको मनोवल र आत्मवल अभिबृद्धि गरी लागुपदार्थ प्रति बितृष्णा गराउन महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।

कार्यक्रममा १ नम्बर प्रदेश उद्योग वाणिज्य  महासंघका उपाध्यक्ष राजेन्द्र राउत तथा धरान उप-महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मन्जु भन्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो , उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा आसरा सुधार केन्द्र धरानका संरक्षक केदार रिजालज्यूले भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद तथा भवन निर्माण समितिको मुक्त कण्ठले प्रशंसा गर्नु हुँदै अब  यस केन्द्रको लागुऔषधको प्रयोग गरी त्यसैको परनिर्भरता बढ्दे गई मानसिक र अन्य जोखिममा परेका युवाबर्गलाई उचित परामर्श तथा उपचार गरी पुनर्स्थापना मार्फत समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने जिममेवारी रहेको बताउनु भयो ।

कार्यक्रममा बिशिष्ट सुरक्षा अधिकरीहरु, प्रमुख जिल्ला अधिकारी,  भवन निर्माण समितिका पदाधिकारीहरु, स्थानीयवासी, समाजसेवी, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार लगायत करिव ७०० जनाको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.