बिराटनगर पुस ३० गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंगले विराटनगर महागनरपालिकाको सहकार्यमा वडा नं. ३ स्थित श्री सत्यनारायण मन्दिर संचालन समितिको स्वामित्वमा रहेको जग्गामा सार्वजनिक तथा परोपकारी कार्य गर्ने प्रयोजनका लागि अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पंडित, प्रदेश नं. १ का आर्थिक मामलिा तथा योजना मंत्री माननीय ईन्द्र आङवो र विराटनगर महानगरपालिकाका प्रमुख श्री भीम पराजुलीको रोहवरमा श्री सत्यनाराण मन्दिर संचालन समिति र उद्योग संगठन मोरंग वीच सम्झौता पत्रमा २०७५ पौष २७ गते हस्ताक्ष्ँर सम्पन्न भएको छ ।
हस्ताक्ष्ँर कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मंत्री माननीय लालबाबु पंडितले विराटनगर लगायत प्रदेश नं १ कै लागि महत्व राख्ने प्रदर्शनी स्थलको निर्माणले यस क्ष्ँेत्रको आर्थिक एवं औद्योगिक विकासले गतिलिने विश्वास व्यक्त गर्नु भयो ।
प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मंत्री माननीय ईन्द्र आङवोले प्रदर्शनी स्थलको अभावमा उद्योग÷व्यवसाय क्ष्ँेत्रले आफ्नो वस्तु तथा उत्पादनको वजार प्रवद्र्धन गर्नबाट वंचित भईरहेको अवस्थामा उद्योग संगठन मोरंगले निर्माण गर्न लागेको प्रदर्शनी स्थलले लामो समय देखि यस क्ष्ँेत्रका उद्योगी÷व्यवसायीले भोग्दै आएको प्रदर्शनी स्थलको अभावलाई पूर्ति गर्ने वताउनु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख श्री भीम पराजुलीले महानगरपालिका समेतको सहकार्यमा विराटनगरको गौरवका रुपमा निर्माण हुने प्रदर्शनी स्थल आर्थिक गतिविधिलाई चलायमान वनाउन मद्त पु¥याउने वताउनु भयो । मेयर पराजुलीले खुशि व्यक्त गर्दै महानगरपालिका समेतको सहकार्यमा सकारात्मक आर्थिक परिवर्तनका लागि उद्योग संगठन मोरंगले पहल गरेकोमा खुशि व्यक्त गर्नु भयो ।
उद्योग संगठन मोरंगका अध्यक्ष्ँ अध्यक्ष्ँ श्री भीम घिमिरे अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रुपमा आयोजना गर्ने लक्ष्य लिईएको विराट एक्स्पो जस्ता प्रदर्शनीलाई निरन्तरता दिन नसकिरहेको अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष्ँ घिमिरेले संघिय सरकार, प्रदेश सरकार, महानगरपालिका र संगठन वीच सम्पन्न सहमतिका आधारमा वहुवर्षिय योजना अन्तर्गत वनाउन लागिएको प्रदर्शनी स्थलको शिलन्यास यसै आर्थिक वर्षमा गरी निर्माण कार्यलाई तिव्रता दिने वताउनु भयो ।
उहा“ले विराटनगर मात्र नभएर समग्र प्रदेश कै आर्थिक गतिविधिलाई सक्रिय वनाउन मद्त पु¥याउने उद्देश्यले निर्माण गर्न लागेको अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण कार्यमा सबै पक्ष्ँलाई सहयोग पु¥याउन अनुरोध गर्नु भयो ।
सम्झौता पत्रमा संगठनका तर्फबाट निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ सुयश प्याकुरेल, उपाध्यक्ष्ँ प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, तथा सत्यनाराण मन्दिर संचालन समितिका तर्फबाट ई. किशोर थापा, रामप्रसाद खतिवडा, मावध प्रसाद कोइराला, वल्लभ प्रसाद अधिकारी, जगदीश राजवंशी, लक्ष्मीकान्त विश्वासले हस्ताक्ष्ँर गर्नु भएको छ भने उक्त अवसरमा उद्योग संगठन मोरंगका कार्यकारिणी समितिका सदस्यहरु, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा नंं ३ र ४ का वडा अध्यक्ष्ँ लगायतको उपस्थिति रहेको थियो ।
Post a Comment