विराटनगर । विराटनगर– १० मा रहेको अरनिको आ. सेकेण्डरी बोर्डिङ स्कूलमा ‘अरनिको स्पोटर््स मिट’ सुरु भएको छ । स्कूलले आज एक कार्यक्रम आयोजना गरी स्पोर्ट्स मिट सुरु गरेको हो ।
शुक्रबारसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु रहेको स्कूलका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । उक्त स्पोर्ट्स एथलेटिक्स्का खेलहरु फुटबल, क्रिकेट, ब्याडमिन्टन, बास्केटबल टेवलटेनिस र मनोरञ्जनात्मक खेलहरुलगायतको खेलहरु समावेश गरिएको स्कूलका प्रिन्सिपल कार्कीले बताए ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल कार्कीको भनाई छ । उनले भने, ‘यस्तो कार्यक्रमले पढाईसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’
स्पोर्ट्स मिटमा कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएको स्कूलले जनाएको छ । विजयी हुने विद्यार्थीहरुलाई स्कूलले मेटल तथा प्रमाणपत्र वितरण गर्नेछ ।

Post a Comment