इटहरी, शिव भट्टराई -माघ ६ गते । रातो तारा डट कम,
उपन्यासकार सुबिन भट्टराईको उपन्यास समर लभको कथामा निर्माण गरिएको नेपाली चलचित्र समर लभ यही माघ २५ गतेबाट देशभर प्रर्दसन हुने भएको छ ।
पुर्वी नेपालमा चलचित्र समर लभको प्रचारप्रसारका लागि आएको निर्माता तथा कलाकारहरुले सुनसरीको इटहरीमा सप्तकोशी अनलाईनको सभाहलमा पत्रकार सम्मेलन गरी चलचित्र माघ २५ गते देखि प्रर्दशन हुने जानकारी गराएकोहो ।
माया ,प्रेम र विछोडलाई समेटर साहित्यकार भट्टराईले लेखेको उपन्यासलाई वास्तविक रुपमा जस्ताको तस्तै उर्ताने कार्य गरेको चलचित्रका निर्माता खगेन्द्र श्रेष्ठले वताए । चलचित्रमा अभियन गर्ने कलाकारहरुको जिवन्त अभियन र नाई नभन्नु ल ३ जस्तो सफल चलचित्रको निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालको निर्देशनले समेत चलचित्रलाई उत्कृष्ट बनाएको सो अवसरमा जानकारी दिइयो ।
चलचित्रको प्रचारप्रसारका लागि निर्माता श्रेष्ठ , इन्दु भण्डारी नायक आषिश पिया, नायिका रेवती श्रेत्री लगायतको टोली पुर्वी नेपालमा रहेको छ । दुई करोड ८० लाख बढीको लागत रहेको चलचित्र समर लभ नेपालका विभिन्न ठाउँहरुका साथै नर्वे , सिंगापुर र मलेशियामा समेत शुटिगं भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चलचित्रका सरोज खनाल ,सुरजसिहं ठकुरी ,नम्रता सापकोटा लगायतका कलाकारहरुले अभियन गरेका छन ।
Post a Comment