काठमाण्डौं,पुस २९ गते । रातो तारा डट कम,लागूऔषध दुव्र्यसनीहरुको पुर्नस्थापनाका लागि काम गर्ने विभिन्न संघसंस्थाले आफूहरुले सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । रिकोभरी सोसाइटी अफ नेपालले काठमाडौंमा एक कार्यक्रम गरि केही संघसंस्थाले गरेको गलत कामका कारण यस क्षेत्रमा काम गर्ने सबै संस्थालाई प्रहरीले विभिन्न बहाना बनाएर दुःख दिने गरेको बताएको हो ।
सुधार केन्द्र सञ्चालनका लागि सरकारले सहयोग गर्नुपर्ने, सुधार केन्द्रहरुका लागि परामर्शदाता तालिम आयोजना गर्नुपर्ने, सुधार केन्द्रको मापदण्डका विषयमा नयाँ नीति आवश्यक रहेको र लागूपदार्थ दुव्र्यसनीहरुलाई अपराधिको जस्तो व्यवहार गर्न नहुने लगाएतका विषयमा उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारले सुधारगृहमा बसेर फर्किएका युवालाई सीप अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने जीवनशैली संस्थाका परामर्शदाता रबिन कार्कीले सीआईएनसँग बताउनुभयो । नेपालमा झन्डै साढे ४ लाख लागूऔषध दुव्र्यसनी रहेको बताइन्छ । पुर्नस्थापनाका लागि काम गर्ने झन्डै २ सय संस्था क्रियाशिल छन् ।
Post a Comment