काठमाण्डौं,माघ ४ गते । रातो तारा डट कम,नेपालले थाइल्याण्डमा जारी महिला टि–ट्वान्टी स्म्यास क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले इन्डोनेसियासँग खेलिरहेको छ । बैंककमा इन्डोनेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
यो खबर तयार पार्दासम्म इन्डोनेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको
हो । नेपाल समूह ‘ए’ को विजेता हो भने इन्डोनेसिया समूह ‘बी’ को उपविजेता हो । आज नेपाल इन्डोनेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ ।
इन्डोनेसिया पनि नेपाललाई हराएर उपाधि नजिक पुग्ने दाउमा छ । विजेताले फाइनलमा युएई र थाइल्याण्ड बीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
Post a Comment