Websoft University

उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा राकेश अग्रवाललाई पक्राउ


काठमाडौं कार्तिक १७ गते । रातो तारा डट कम, उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा सरकारले व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरेको घटनालाई लिएर निजी क्षेत्र नै दुई ध्रुवमा बाँडिएको छ ।

अग्रवाल पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारको धरपकडप्रति संस्थागत रुपमा आपत्ति जनाएको छ । तर, महासंघभित्रकै एक पक्षले भने संस्थाको दुरुपयोग गरिएको आरोप लगाएको छ ।

महासंघ अध्यक्ष भवानी राणा राष्ट्रपतिको कतार भ्रमणमा सहभागी रहेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी शेखर गोल्छाले सम्हालिरहेका बेला महासंघले अग्रवाल पक्राउ प्रकरणले लगानीको वातावरणमा असर पार्ने आसयसहितको विज्ञप्ति सार्वजनिक गरेको थियो ।

तर, महासंघभित्रकै अर्को समूहले भने यसलाई गोल्छाले महासंघको दुरुपयोग गरेको आरोप लगाएको छ । महासंघ स्रोतका अनुसार उपाध्यक्ष उमेशलाल श्रेष्ठलगायतले महासंघको संस्थागत धारणाको विपक्षमा छन् ।

महासंघको विज्ञप्तिमा भने निकै सन्तुलित भाषा प्रयोग गरिएको छ । व्यवसायी पक्राउ पर्दा समर्थन गर्ने महासंघको इतिहास छैन भने राज्यले व्यवसायीबाट बक्यौता असुल गर्न उसको चलअचल सम्पत्ति रोक्का गर्नेलगायत कानुनी बाटो रोज्नुपर्नेमा पक्राउ गरेर हतोत्साही बनाउन खोजेको निजी क्षेत्रको ठहर छ ।

तर, यही विषयलाई अहिले विवादित बनाउन खोजिएको छ ।

महासंघको विज्ञप्तिमा भनिएको छ– बक्यौता रकम तिर्न लगाउने राज्यस“ग अनेकन विधि, प्रक्रिया र कानून हु“दाहु“दै पनि सो माध्यम नअपनाई सिधै प्रहरी प्रशासन लगाएर पक्राउ गर्दा कस्तो प्रकारको संदेश जाला गम्भीर भएर सोच्न महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ ।

यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ – लगानीको वातावरण निर्माण सहित लगानी आकर्षणका लागि सरकार तथा निजी क्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचमा समेत पहल भैरहेको वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्यले लगानीको वातावरणमा सहयोग नपु¥याउने हु“दा मुलुकले अवलम्वन गरेको विधि, प्रक्रिया र कानून अनुसारनै सरकार अगाडी बढ्नुपर्नेमा महासंघ जोड दिन चाहान्छ ।

तर, महासंघमा गोल्छालाई अध्यक्ष बन्न नदिन अहोरात्र खटिरहेको समूहले यस्तै विषयलाई उचालेर बदनाम गराउने प्रयाश गरिरहेको सचिवालयका एक कर्मचारीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.