Websoft University

लुटपाटमा संलग्न २ सार्वजनिक


बिराटनगर, मंसिर ३  गते । रातो  तारा डट काम,मोरङको बिराटनगर महानगरपालिकाको बिभिन्न स्थानबाट भएको लुटपाटको घटनामा संलग्न २ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी शम्भुनाथ नगरपालिका-१२ घर भई मोरङ बिराटनगर महानगरपालिका-१२ शान्तिचौकमा डेरा गरी बस्ने बर्ष २३ को शिवराम चौधरी र मोरङ बिराटनगर महानगरपालिका-८ बस्ने बर्ष २५ को समीर कामतलाई सार्वजनिक गरिएको हो ।

उनीहरुले मिति २०७५।०७।१४ गते बिराटनगरको हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गरेको अवस्थामा मोरङ कटहरी-२ बस्ने निरज श्रेष्ठको सामसुङ कम्पनीको J7 Max मोवायल लुटेर फरार भएका थिए । त्यसैगरी मिति २०७५।०७।१६ गते साँझ ६ बजे आर. के. चिल्ड्रेन अस्पताल अगाडीबाट मोरङ कानेपोखरी गाउँपालिका-३ घर भई हाल बिराटनगर-८ बस्ने हिना राजवंशीको नगद १८ हजार ४ सय, घडी १ थान, लेडिज झोला, परपल रंगको सल, सामसुङको J2 मोवाईल थान-१ चोरी गरि फरार भएका थिए ।

साथै बिराटनगरको हाटखोलाबाट मिति २०७५।०७।२५ गते साँझ ७ बजेको समयमा विराटनगर-७ बस्ने चन्द्रकला बस्नेतलाई तानेर भुईमा लडाई निजको व्याग भित्र रहेको नगद, मोवाईल लगायतका सामानहरू लुटपाट गरेका थिए । घटना सम्बन्धमा पीडितहरुले जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलामा दिएको उजुरीको आधारमा पीडितसंग समेत समन्वय गरी अभियुक्तको खोजतलास तथा लुक्न सक्ने स्थानमा खानतलासी गरी उनीहरुलाई मिति २०७५।०२।०१ गते पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले बिभिन्न कम्पनीको मोवाईल थान- ३, विभिन्न कम्पनीको सीमकार्ड ७ थान, लेडिज घडी थान-१, लेडिज चस्मा थान-१ लगायत लुटपाटमा प्रयोग गरिएको लु ३९ प ४३९७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.