Websoft University

रमाइलो बचत तथा सहकारी संस्थाको २५ औं साधरण सभा सम्पन्न


बिराटनगर मंगसीर २ गते । रातो तारा डट कम,कानेपोखरी–६,मा स्थापीत रमाइलो बचत तथा सहकारी संस्थाको २५ औं साधरण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रि भानुभक्त ढकालले गरेका थिए ।

मन्त्री ढकालले देशको तीन खम्बे अर्थ नीतिको रुपमा रहेको सहकारी अभियानलाई विकास निर्माणमा व्यापक परिचालन गरी समृद्धि हासिलको आधार तयार गर्नुपर्ने बताएका छन् । उनले सहकारी मार्फत रोजगार अभियान सञ्चालन गर्नुपर्ने बताउँदै सहकारी सबै सदस्यहरुको घरघरमा आत्म निर्भर बनाउनु पर्ने बताए ।

मोरङको कानेपोखरी–६,मा रहेको रमाइलो बचत तथा सहकारी संस्थाको २५ औं साधरण सभा उद्घाटन गर्दै मन्त्रि ढकालले सो कुरा बताएका हुन । उनले पहिले पहिले स्थिर सरकार नगएकोले ९ महिने सरकारले कति लोकप्रिय बन्ने भनेर कार्यक्रम तय गरे पनि सरकार ढलेपछि काम नहुँने भएकोले अहिले काम नगरेर लोकप्रिय बन्ने भन्दा पनि पाँच बर्षमा बिकासको गतिले सुन्दर नेपाल बनाएर लोकप्रिय बन्ने बताए ।

क्षेत्र नं. ३ का ४ वटा खोलाले बढी क्षति पुरयाई रहेको बताउँर्दै यसको दीर्घकालीन योजना बन्दै गरेको मन्त्रि ढकालले बताए। यसको खोलाको पूर्वपश्चिम तटबन्धन गरी दुवै तिर कालोपत्रे सडकको बिस्तार गर्दै नगर र गाउँपालिकाको रुप सुन्दर बनाउने योजना रहेको उनले बताए ।

बेलबारी,पथरीशनिश्चरे र कानेपोखरी सुकुम्बासी समस्या धरै छ । यसको समाधान निती तथा कानुन बनाएर गर्नु पर्ने भएकोले केहि समय लाग्ने भएता पनि सुकुम्बासी र दोहोरो स्वामित्वको जग्गा सम्बन्धी समस्याको समाधान यसै सरकारले गर्ने भएकोले नआतिन मन्त्री ढकालले सुझाब ।

मन्त्री ढकालले सरकारले अवको आर्थिक बर्षमा वृद्ध–वृद्धाका लागि सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न बताए । उनले आगामी वर्षको नीति तथा कार्यक्रमा गत बर्ष क्षति पुर्ति सहित भत्ता बढाउने बताउने उनले बताए । सभामा मन्त्री ढकालले संस्थाले प्रकाशन गरेको स्मारिका पनि बिमोचन गरेका थिए ।

बिशेष अतिथि जिल्ला बचत संघ मोरङका अध्यक्ष हरि सुवेदीले सहकारीहरुलाई समृद्धि अभियानको रुपमा अझै व्यवस्थित रुपमा सञ्चालन गर्न सबै प्रकारको सहयोग रहेको बताए । उनले सहकारीहरु सहकार्यको ज्वलन्त उदाहरण बन्दै गएकोमा जोड दिँदै सहकारीहरु अब छरिएर हैन, एकीकृत हुँदै विशाल पूँजीको निर्माण गरेर आर्थिक, सामाजिक रुपान्तरणमा केन्द्रित हुनपर्ने बताए ।

अर्का बिषेश अतिथिसमेत रहेका कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्ले र सहकारीको प्रतिनिधि भोला अधिकारीले साना ठुला सहकारी मर्ज गरेर सेयर सदस्यहरुको हितमा काम गर्नुपर्ने बताए ।

रमाइलो साकोसको सवा करोड नाफा १
रमाइलो साकोसले सवा करोड नाफा गरेको छ । शनिबार भएको साधारण सभामा संस्थाले १ करोड १७ लाख ३४ हजार ९ सय ८९ रुपैया नाफा गरेको प्रतिवेदन सभामा प्रस्तुत गरेको थियो । संस्थाको कोषाअध्यक्ष डिल्ली प्रसाद ओझाले आर्थिक बर्ष २०७४÷०७५ मा सो बराबर रकम शुद्ध बचत गरेको सभामा सार्वजानिक गरेका थिए । गत बर्ष १ करोड ५ लाख ६६ हजार ९ सय ८ रुपैया शुद्ध बचत गरेको थियो ।

गत बर्षको तुलनामा यस बर्ष २८।११।०५प्रतिशत शुद्ध बचत गरेको थियो । संस्थाले कुल आम्दानी २ करोड ९५ लाख १ हजार ४ सय १० रुपैया गरेको छ भने व्याज भुक्तानी १ करोड ३९लाख,२३ हजार ९ सय ५० रुपैया गरेको छ । त्यसैगरी संस्थाको ९६ लाख,२४हजार ४ सय ६१ रुपैया र कोष हिसाब ३ करोड ३९ लाख ४० हजार ५सय ८८ रहेको छ ।

संस्थाले कुल आम्दानी ३ करोड ३० लाख ८३ हजार १ सय ९ रुपैया रहेको छ । त्यसैगरी कुल खर्च २ लाख १३ हजार ४८ हजार १ सय २० रुपैया प्रस्तुत प्रतिवेदनमा रहेको छ । आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक प्रगति र २०७५÷०७६ को प्रस्तावि कार्ययोजना संस्थाका अध्यक्ष टंकप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । २०७४÷०७५को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक एबिन पाठले प्रस्तुत गरेका थिए ।

संस्थाले संस्था प्रति पुप्याएको योगदानको कदर गर्दै बिभिन्न विद्यामा पुरस्कृत र सम्मान गरेको छ । यसरी सम्मानीत हुनेहरुमा नियमित बचत गते महिलाबाट दानमाया धिमाल र मनमाया लिम्बू, पुरुषबाट हर्कबहादुर राई र नरहरी न्यौपाने रहेका छन । त्यसैगरी दैनिक बचत उत्कृष्टमा प्रविणकुमार शाह,भिमामाया लिम्बू, पूर्व संचालक सम्मान सदानन्द बराल,बाल बचतमा जनक श्रेष्ठ र मानसा भण्डारी, जेष्ठ सदस्य सम्मान जीवमाया गुरुङ र अच्युतान्द फुयल, उत्कृष्ट कर्मचारी पुरस्कार भवानी थेगिम रहेका छन् ।

त्यसैगरी छात्रबृति सेवामा जनसेवा माबिबाट एसईईमा जिपिए ३.७८ ल्याउने बितिसा न्यौपाने र पिनाकल ज्ञानमन्दिर बोर्डिङबाट एसईईमा जिपिए ३।८० ल्याउने डोल्मा बम्जनलाई नगद २हजारले सम्मान गरेका थिए ।त्यसैगरी १८ जना जेष्ठ सदस्यहरुलाई बार्षिक १२ सयको दरले भत्ता बितरण गरेका थिए ।

संस्थाले सेयर सदस्यहरुलाई पशुपालन व्यवसायलाई १० लाख,व्यापारीक उद्योग परियोजना ऋण ३० लाख,हायर पर्चेच ऋण १५लाख,बैदेशिक रोजगार ऋण १० लाख, शैक्षिक अध्ययन ऋण १० लाख, यवा स्वरोजगार ऋण २ लाख,सेवा व्यवसाय ऋण ५ लाख, लघु उद्यम ऋण ३ लाख,कृर्षि व्यवसाय समूह ऋण १० लाख,कर्मचारी सहुलियत ऋण १० लाख लगाएतको शिर्षकमा लगानी गरिरहेको छ ।

संस्थाको २८६५ महिला र १७१३ पुरुष गरी जम्मा ४५७८ जना सेयर सदस्य रहेका छन् । त्यसैगरी ५५२ बालक र ४०९ बालिका गरी जम्मा ९६१ बल बचत कर्ता रहेका छन् । कार्यक्रम संचालक संस्थाका सचिव युवराज दवाडी रहेका थिए । (मोफसल डट कमबाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.