(फायलफोटो)
मोहन कुमार राई-भाद्र २४ गते । रातो तारा डट कम, संखुवासभा- जिल्लाको शैक्षिक संस्थाहरुले विविध कार्यक्रमका साथ ३९ औ राष्ट्रिय शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवस उत्साहजन ढंगबाट मनाएकोछ।
चैनपुर नगरपालिका वडा नं ३ स्थित शारदा मावि पोखरीमा शनिवार सार्वजनिक विदाको दिन भए पनि विद्यार्थीहरु उत्साहजन रुपमा विद्यालयमा ३९ औ राष्ट्रिय शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन जम्मा भएका देखिन्थे ।
समाजवाद उन्मुख समृद्ध राष्ट्रनिमार्णको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार भन्ने मूल नाराका साथ विद्यालयले तहगत रुमा मावि, निमावि र प्राविको छुट्टाछुटै अन्तरसदानात्मक हाजिरीजवाफ प्रतियोगिता गरी कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा विजयी टोलीहरुलाई पुरस्कार समेत प्रदान गरिएको विद्यालयका प्रअ अमृतबहादुर कार्कीले वताउनुभयो ।
यसै गरी राष्ट्रिय शिक्षा दिवसको अवसरमा चैनपुर स्थित सरस्वती मावि चैनुरले राष्ट्रको समग्र विकासमा शिक्षाको भूमिका विषयक वतृत्वकला प्रतियोगिता गरेको विद्यालयका प्रअ गोविन्दमान तामाङले जानकारी दिनुभयो । विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण समेत गरेको प्रअ तामाङले वताउनुभयो ।

Post a Comment