Websoft University

बरामद सामान भन्सार बुझाईयो


बिराटनगर, भाद्र २९ गते । रातो तारा डट कम,
सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले बिभिन्न मितिमा विराटनगर महानगरपालिका-१५ स्थित नेपाल भारत सीमा क्षेत्रबाट बरामद गरेको १ लाख भन्दा बढीमूल्यको सामान बिहीबार भन्सार बुझाएको छ ।

भारतबाट नेपाल तर्फ तस्करी गरी ल्याउँदै गरेको अन्दाजी १ लाख ३६ हजार ५ सय ६० मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मरिच, साईकल-२ थान, रिक्सा-१ थान र डिजल
लगायत अबैध सामान बरामद गरेको थियो ।

बरामद सामान २८ गते बिराटनगर भन्सार कार्यालय रानीमा बुझाएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.