मोरङ, भाद्र ७ गते । रातो तारा डट कम,मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका-५ स्थित गछिया खोला र केराबारी गाउँपालिका-२ स्थित खदम खोलाबाट अवैध रुपमा नदी जन्य पदार्थ निकाली ओसार्ने २ वटा सवारी साधनलाई भाद्र ६ गते बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएको सवारी साधनहरुमा को १ त ५४२३ नम्बर र को १ त ८१२० नम्बरको ट्याक्टर रहेका छन् । बुधबार साँझ ५:३० बजे अबैध रुपमा बालुवा ओसार्दै गर्दा प्रहरी चौकी गछिया र प्रहरी चौकी केराबारीबाट खटिएको टोलीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
षट्याक्टर चालकहरु भने प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडेर भागेका थिए । बरामद ट्याक्टर कारवाहीका लागि जिल्ला समन्वय समिति मोरङमा बुझाउने तयारी भईरहेको छ ।

Post a Comment