Websoft University

धरानमा लागूऔषध सहित २ जना पक्राउ

सुनसरी, साउन ३१ गते । रातो तारा डट कम,
सुनसरीको धरान उपमहानगरपालिका ११ स्थित शान्ति चौकबाट बुधबार बिहान ११.३० बजे लागूऔषध
सहित २ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा को २४ प २९२४ नम्बरको मोटरसाइकलमा सवार भोजपुर ट्याम्केमैयुम गाउँपालिका १ बस्ने अन्दाजी वर्ष १७ को राजन राई र सोही गाउँपालिका(२ बस्ने अन्दाजी वर्ष १६ को पारुहाङ राईको साथबाट १७ एम्पुल लागूऔषध टिडिजेसिक बरामद गरेको छ ।

बरामद लागूऔषध सहित दुबै जनालाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.