Websoft University

डांगीहाटमा अन्तर्राष्ट्रिय गोल्ड कप हुने


शिव भट्टराई -बेलबारी,साउन ३१ गते । रातो तारा डट कम
डाँगीहाट युथ क्लबले आगामी भदौ २३ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रित दोस्रो बुद्ध एअर लक्ष्मी मार्ग गोल्डकप प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबले आफ्नै नयाँ भवनमा वुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब, मोरङ फुटबल एकेडेमी उर्लाबारी, युनाइटेड खर्साङ (भारत), इलाम ११, विर्तामोड युनाइटेड क्लब झापा, धनकुटा, उदयपुरका फुटबल क्लब र चर्च ब्वाइज क्लब गरी ८ वटा टिम सहभागि हुने क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिएका छन् । प्रतियोगिता लक्ष्मी उच्च माविको खेल मैदानमा हुनेछ । 

प्रतियोगितामा प्रथम हुने क्लबले २ लाख २२ हजार साथै दोस्रो हुनेले १ लाख २ हजार रासीको नगद पुरस्कार र ट्रफी पाउने छन् । पत्रकार सम्मेलनमा अध्यक्ष राईले गतबर्षको पुरस्कार रासीलाई बढाएर यस बर्ष दोब्बर गरिएको जानकारी दिए । क्लबले गत बर्ष भाद्र २४ गतेदेखि प्रथम प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा प्रथमलाई १ लाख ११ हजार र दोस्रोलाई ५१ हजार पुरस्कार प्रदान गरिएको थियो ।

क्लबले प्रतियोगिता सम्पन्न गर्न २५ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरेको छ । साथै यस बर्षको अनुमानित आम्दानी २८ लाख ४५ हजार हुने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ । यसमा बुद्ध एअरले ५ लाख रुपैंया सहयोग गर्ने सम्मेलनमा जानकारी गराइयो । थप आर्थिक सहयोगका लागि बिभिन्न संघ, संस्था, देश विदेशमा रहेका शुभेच्छुकहरुसँग आग्रह गरिने आयोजक क्लबले जनाएको छ ।

सोही अवसरमा डाँगीहाट युथ क्लबको १ कोठे भवनको उद्घाटन पनि गरिएको छ । गत बर्षको प्रतियोगिताबाट आम्दानी भएको रकमले सो भवन निर्माण गरिएको क्लबले जनाएको छ । गतबर्षको प्रतियोगिताबाट २ लाख ७३ हजार खुद नाफा भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । सो अवसरमा बेलबारी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष यमबहादुर पोखरेल (राजन) ले डाँगीहाटमा खेलकुदको विकास, सम्बद्र्धन र प्रवद्र्धनमा आफू लागि पर्ने बताए ।

 साथै लक्ष्मी उच्च माविका प्रचार्य गोविन्द भण्डारी, मोरङ जिल्ला खेलकुद विकास समिति कोषाध्यक्ष सुजय गौतम, क्षेत्रीय खेलकुद विकास समिति सदस्य राजन प्रसाईले प्रतियोगिताका लागि सहयोग गर्ने पत्रकार सम्मेलनमा बताएका थिए ।         

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.