Websoft University

किसानहरुलाई लक्षित गरी माटो परीक्षण कार्यक्रम हुदै

  

मोहन कुमार राई -श्रावण ३१ गते । रातो तारा डट कम
संखुवासभा, सभापोखरी गाउँपालिका स्थित प्रगतिशिल महिला कृषक समूहले किसानहरुलाई लक्षित गरी ३ दिने माटो परीक्षण कार्यक्रम एक समारोहका वीच उद्घाटन  गरेको छ ।

कार्यक्रममा सभापोखरी गाउपालिका वडा नं. १ का वडाध्यक्ष  मणिसुन्दर राईले कृषकहरुलाइ लक्षित गरी माटो सुहाउदो खेतीगर्न प्रेरणा मिलोस भन्ने उद्देश्यले वडाको बजेटबाट कार्यक्रमको आयोजना गरिएको खुलसा गर्नुभयो ।

कार्यक्रममा ५० वढी कृर्षकहरुको सहभागितामा वडा नं. १ र २ को माटो परीक्षण को लागि माटो संकलन भईसकेको कृषि प्राविधिक अर्जुन पोखरेलले वताउनुभयो । कार्यक्रममा सो गाउँपालिका वडा नंं २ का वडाध्यक्ष जित प्रसाद सुवेदी लगायतका वक्ताहरुले वोल्नुभयएको थियो  ।

जिल्लामा पहिलोपटक महिला कृषकको अगुवाइमा बुधवार उद्घाटन गरिएको यस किसिमको कार्यक्रम साविक धुपु,लगायत समग्र गाउँपालिकालाई नैे लक्षित गरी  सो कार्यक्रम तय गरिएको शिर्जनशिल महिला कृषक समुहका अध्यक्ष लक्ष्मी चापाँगाईले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.