Websoft University

प्रहरी तालिम केन्द्र भित्र स्वास्थ्य उपचार केन्द्र समुद्‍घाटन

विराटनगर-साउन ३० गते । रातो तारा डट कम
प्रदेश प्रहरी तालीम केन्द्र रानीको प्राङ्गणमा नव(निर्मित स्वास्थ्य उपचार केन्द्रको बुधबार समुद्‍घाटन गरिएको छ ।
तालीम केन्द्र हाताभित्र निर्माण सम्पन्न भएको स्वास्थ्य उपचार केन्द्रको बुधबार बिहान एक कार्यक्रमका विच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले समुदघाटन गर्नु भएको हो ।

उद्‍घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्र।ना।म।नि। रिजालले तालीम केन्द्र परिसर भित्र स्वास्थ्य उपचार केन्द्रको स्थापनासंगै प्रहरी कर्मचारीहरुको मनोवल अभिबृद्धी समेत हुने बताउनुहुँदै कार्यरत प्रहरी कर्मचारीहरुका साथै प्रशिक्षार्थीहरु सामान्य अस्वस्थ्य भएको अवस्थामा समेत अन्यत्र अस्पताल  लैजानु पर्ने झन्झटबाट मुक्ति मिलेको बताउनुभयो ।  वहाँले नव(निर्मित स्वास्थ्य उपचार केन्द्रले प्रहरी कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षण संगसंगै उच्च स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा तालीम केन्द्रका सह(समादेशक रमेश कुमार बस्नेतले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै  कुल १० लाख ७४ हजार रुपैया लागत तथा प्रहरी कर्मचारीहरुको श्रमदानबाट  सो उपचार केन्द्रको निर्माण कार्य सम्पन्न भएको जानकारी गराउनु भयो ।

त्यसैगरी केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले प्रमुख अतिथी लगायत अन्य उपस्थित महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नुहुँदै शारीरिक तथा मानसिक रुपले प्रहरी स्वस्थ्य भएमात्र संगठनले अपेक्षा गरे अनुरुपको काम गर्न सकिने हुँदा प्रहरी कर्मचारी स्वस्थ्य रहनु पर्ने महसुश गरी प्रशिक्षणको दौरानमा आईपर्नसक्ने आकस्मिक स्वास्थ्य समस्याहरुलाई तत्काल उपचार गर्ने गरी एम।बि।बि।एस डाक्टर सहितको स्वस्थ्य उपचार केन्द्र  स्थापना गरिएको बताउनु भयो ।

नव(निर्मित स्वास्थ्य उपचार केन्द्रमा डाक्टरले जाँच गर्ने कोठा, अब्जरभेसन कक्ष, ल्याबोरेटरी तथा एक्स(रे कक्ष रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.