विराटनगर,साउन ३० गते । रातो तारा डट कम, नेपाल विधालय कर्मचारी परिषकोपहलमा सामुदायिक विधालयमा कार्यरत कर्मचारीले आफ्नो हकहित, अधिकार तथा सेवा, सुविधाका लागि प्रथम चरणको आन्दोलन अन्र्तगत सरोकारवालासँग आज अन्तरक्रिया गरेका छन् ।
सरकारले आफना माग प्रति तोकिएको मिति सम्म पनि पुरा नगरेको वा सुनुवाईनै नगरेकाले भाद्र ३ र ४ गते देश व्यापी नेपाल विधालय कर्मचारी परिषदको् आवहानमा सामुदायिक विधालयहरु बन्द गर्ने घोषाा गरेका छन ।
आज सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि देवुकुमार खतिवडाले सामुदायिक विधालयमा कार्यरत कर्मचारीको पक्षमा बोल्दै सम्बन्धित निकायमा कुरा राख्ने बताए ।
नेपाल विधालय कर्मचारी परिषद् मोरङ जिल्ला अध्यक्ष शैंलेन्द्र कुमार ताजपुरियाले आफ्नो हकहित, अधिकार तथा सेवा, सुविधाका बिधालयका कर्मचारीहरुले पनि अरु कर्मचारी सो सरहनै पारिश्रमिक पाउनु पर्ने भन्दै सरकारले सेवा सुविधाबाट बिधालय कर्मचारीहरुलाइ बन्चित गरे ससक्त आन्दोल गर्ने सरकारलाई चेतावनी दिनु भएकोछ ।
कार्यक्रममा खेमराज भट्टराई, संजिव घिमिरे, हरिप्रसाद पराजुली, योगेन्द्र बहादुर कार्की, अर्जुन ठाकुर र शिवराज विष्ट लगाएतले सामुदायिक विधालयमा कार्यरत कर्मचारीको हकहित, अधिकार तथा सेवा, सुविधाका बारेमा भनाई राखेका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल विधालय कर्मचारी परिषद् विराटनगर महानगर समितिका अध्यक्ष श्यामकुमार महतोले गरेका थिए । साथैं उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष किरण थापाले गरेका थिए । नेपाल विधालय कर्मचारी परिषद् विराटनगर महानगर समितिले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
Post a Comment