Websoft University

यस वर्ष पनि केपिए वेडिङ फोटो अवार्ड २०१८ आयोजना गर्ने

काठमाडौँ, साउन २८ गते । रातो तारा डट कम, फोटोग्राफर संघले हरेक वर्षजस्तै यस वर्ष पनि केपिए वेडिङ फोटो अवार्ड २०१८ आयोजना गर्ने भएको छ।

संघका सचिव तथा अवार्डका संयोजक जीवन काप्mलेका अनुसार बैबाहिक फोटोहरुको यो प्रतियोगिताका लागि साउन २५ गतेबाट आवेदन खुला गरिएको छ र भाद्र २३ गते साँझ ५ बजेसम्म आफुले खिचेका तस्वीर पठाइसक्नु पर्नेछ। इच्छुक फोटोग्राफरले बढिमा २ वटासम्म फोटोग्राफ समावेश गर्न पाउनेछन्।

संघका अध्यक्ष भगवती थापा मगरका अनुसार प्रतियोगितामा नेपालका सबै स्थानका फोटोग्राफरहरू सहभागी हुन पाउनेछन्। उनका अनुसार तोकिएको संकलन केन्द्र वा काठमाडौँ फोटोग्राफर संघको वेबसाइट केपिए डट ओआरजी डट एनपीबाट आवेदन फाराम डाउनलोड गरी तोकिएका शर्तहरूको अधिनमा रही फाराम भरेर सोही संकलन केन्द्र वा संघको इमेलमा पठाउन सकिनेछ। फोटोहरू वैवाहिक समारोहमा खिचिएको र साँस्कृतिक भाव झल्किने खालको हुनुपर्ने उनले प्रष्ट्याए।

फोटोग्राफी व्यवसायीहरूको हकहित संरक्षण, स्तर अभिवृद्धि तथा फोटोग्राफरहरूलाई दक्ष एवं अब्बल प्रतिस्पर्धी बनाउने उद्येश्यले हरेक वर्ष यो प्रतियोगिता आयोजना गरिँदै आएको संघका अध्यक्ष थापाले बताए। छैटौँ संस्करणको यो प्रतियोगिताका विजयीहरुलाई यस वर्ष पनि पुरस्कारको ब्यवस्था गरिएको छ। संघका अध्यक्ष थापाका अनुसार आगामी असोज १ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने एक समारोहका बिच उत्कृष्ट ३ विजेताहरूलाई क्यानन ब्रान्डका डिएसएलआर क्यामेरा तथा अवार्ड प्रदान गरिनेछ। साथै अन्य उत्कृष्ट २० प्रतियोगीलाई आकर्षक पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.