विराटनगर, साउन २९ गते । रातो तारा डट कम
मोरङ र धनकुटा जिल्लाबाट साउन २८ गते सोमबार प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । मोरङ सुन्दरहरैचा नगरपालिका-१० बाट सोही स्थान बस्ने वर्ष २८ को श्रीराम राईलाई प्रहरीले लागूऔषध फेनारगन-३५ एम्पुल, लुपिजेसिक-४५ एम्पुल, एभिल-४५ एम्पुल, डाईजेल्याप-४५ एम्पुल सहित पक्राउ गरेको हो ।
प्रहरी चौकी विराटचौकबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ बजे राईलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको थियो । थापालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।
त्यसैगरी धनकुटा नगरपालिका-४ बाट धनकुटा शहिदभूमी गाउँपालिका-३ बस्ने वर्ष २३ को अभिशेक राई १० किलो ५०० ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको क्युआरटी टोलीले सोमबार बेलुकी ९ बजे राईले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र लागूऔषध गाँजा बरामद भएको थियो । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Post a Comment