Websoft University

कन्काइ नगरपालिका कार्यालय भवनमा बम विस्फोट बिबरण आउन बाँकी


बिराटनगर साउन २९ गते । रातो तारा डट कम
गएराती झापाको कन्काइ नगरपालिका कार्यालयको भवनमा बम विस्फोट भएको छ । नेपाल कम्युनिस्ट पार्टिले आह्वान गरेको नेपाल बन्दको अघिल्लो दिन बेलुका उक्त बम विस्फोट भएको हो ।

बम कसले विस्फोट गराएको हो भन्ने एकिन नभएपनी कन्काइ नगरपालिकाको कार्यालयबाट व्यापक आर्थिक अनियमितता भएको जनगुनासो बढेको हुनाले बम विस्फोट भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

नगरपालिकाको विभिन्न योजनाहरुमा मेयर र अधिकृतको मिलेमतोमा भ्रस्टाचार भइरहेको स्थानीय जनताले जनगुनासो गरेपछि यो घटना घट्न पुगेको बताईएको छ । विस्फोटबाट के कति क्षति भयो भन्ने यकिन तथ्य नआएपनि ठूलो आवाजमा विस्फोट भएको हुनाले केही भौतिक क्षति भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

नेकपा प्रवक्ता प्रकाण्डलगायत नेताकार्यहरुको गैरन्यायिक गिरफ्तारीपछि बिनासर्त रिहाइको माग सहित आह्वान गरिएको नेपालबन्दको प्रभाब झापामा ब्यापक परेको छ ।

बिहानैबाट सडकमा सवारिसाधन गुड्न सकेका छैनन् भने बजारहरु पनि बन्द रहेकाेे कुरा रातो तारा डट कम प्रतिनिधिले वताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.