Websoft University

मोरङमा ९६ प्रतिसत धान रोपाइ सकियो

बिराटनगर,साउन २८ गते । रातो तारा डट कम,मोरङमा भएको कुल जग्गाको क्षेत्र फल १८५५००, हेकटर जमिन रहेको छ भने यहाँ खेती योग्य जमिन ११६९५९ हेक्टर रहेको छ ।

अहिले खेती गरिएका जमिनहरुको मात्र कुरा गर्दा १०४३३१ हेक्टर जमिन छ भने संन्चित जमिनको क्षेत्रफल ३१६१० हेक्टर रहेको पाइन्छ ।

अहिले हामी मोरङको मात्र कुरा गरिरहेकाले मौसमि  सिचित क्षेत्रफल ३७७७८ हेक्टर रहेको पाइन्छ भने कुल संचित क्षेत्रफल ६९३३८ हेक्टर रहेको र रियल स्टेट आवास आदिले चर्चेको खेती योग्य जमिनको क्षेत्रफल ५०५९ हेक्टर मोरङ मात्र रहेको कृषि बिकास कार्यालयका प्राबिधिक सा रुद्र राज राउतले रातो तारा लाई जानकारी गराउनु भएकोछ ।

मोरङमा धान रोपाई ९६ प्रतिसतले हुन आउने करिव ७४८८० हेक्टरमा रोपाइ सकिएको जनाएकाछन । मोरगमा धान रोपिने खेतीको जमिनको कुल क्षेत्रफल ७८००० हेक्टर रहेको बताइएकोछ ।

कृषि बिकास कार्यालय खारेज भएर अहिले १ नम्वर प्रदेश भुमि व्यावस्थापन कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रहेकाले अव यो कार्यालयको नाम प्रदेश स्थरिय कृषि निर्देशनालय रहने भएकोछ ।

बिराटनगरको कृषि भवनमा ५ कर्मचारी ठाडो हाजिरी गरेर बसेका छन भने क्षेत्रिय कृषि बाट आएका ७ जना कर्मचारी काम बेगरै ठाडो हाजिरी गरेर बसेको बुरा वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले रातो तारा डट कम,लाई जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.