Websoft University

विराटनगरको बी प्लटमा फुटपाथ बजार लगाउन रोक


विराटनगर,भदौ ३ गते । रातो तारा डट कम विराटनगरको मेनरोडस्थित बी प्लटमा फुटपाथ बजार लगाउने बिषयमा ब्यापारी र प्रहरीबीच बिवाद भएको छ । ब्यापारीहरुले सो ठाँउमा फुटपाथ पसल थाप्न पाल ओछ्याउन थालेपछि प्रहरीले पसल थाप्न नमिल्ने भन्दै हस्तक्षेप गरेपछि बिबाद भएको हो ।

 सो ठाँउ पार्किंङकालागि छुट्टयाइएकाले पसल थाप्न नमिल्ने प्रहरीले बताएपछि ब्यापारीले प्रतिबाद गरेका थिए । उनीहरुले शनिवार एकदिन पसल थाप्न पाउनुपर्ने माग गरेका थिए । तर, प्रहरीले पसल थाप्न नदिएपछि उनीहरुले प्रहरीप्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन । पसल थाप्न नपाएपछि ब्यापारीहरुले बी प्लटमा धर्ना दिएका छन ।

८५ जना खुद्रा ब्यापारीहरुले केही बर्षयता प्रत्येक शनिवार सो ठांउमा पसल थाप्दै आएका थिए ।केही समयअघि विराटनगर महानगरपालिका र स्थानीय प्रशासनले बी प्लटलाई पार्किङस्थलकोरुपमा तोकेर फुटपाथ पसल लगाउन नदिने निर्णय गरेको थियो ।

सो निर्णयका कारण आफुहरुको रोजीरोटी गुम्ने भन्दै खुद्रा ब्यापारीहरुले महानगर प्रमुख भीम पराजुलीलाई ज्ञापन समेत बुझाइसकेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.