Websoft University

श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट २ जना पुरस्कृत


विराटनगर, भाद्र २ गते । रातो तारा डट कम
२०७५ साल  श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  बाट संखुवासभा जिल्लामा कार्यरत  २ जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् ।

अस्थायी प्रहरी पोष्ट सभाखोला, संखुवासभामा कार्यरत प्रहरी हवल्दार पशुपति चौहान र प्रहरी जवान हरि प्रसाद घोरसाईलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा छनौट गरेको हो ।

आफ्नो पदीय कर्तव्य पालनाको सिलसिलामा विभागिय आदेश निर्देशन बमोजिम व्याबसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगबाट परिचालित भई कानूनद्वारा बर्जित गरिएका काम कारवाही नियन्त्रण गर्ने क्रममा शान्ति सुरक्षामा खलल तुल्याउने तत्वहरुको पहिचान गरी बिभिन्न मितिमा विष्फोटक पदार्थ समेत पक्राउ गर्न सफल हुनुको साथै कानूनद्वारा बर्जित क्रियाकलापहरुलाई निष्तेज पार्न समेत अहोरात्र खटिएर नतिजा हासिल गर्न सफल भएकोले उनीहरुलाई “महिनाको सर्बोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.