Websoft University

६७ हजार रुपैया बराबरको अवैध सामान बरामद


मोरङ, साउन २७ गते । रातो तारा डट कम
ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका १६ र १७ बाट आईतबार ६७ हजार ८ सय २० रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ ।

सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालय तथा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले विराटनगर १६ र १७ नम्बर वडाका विभिन्न स्थानबाट भन्सार छलेको खाद्यान्न, लत्ताकपडा, खसी सहित २ वटा साइकल बरामद गरेको थियो ।

बरामद सामान तथा साइकल आईतबार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.