Websoft University

फोरम कांग्रेस एकता सगै- कम्युनिस्टहरूलाई अबको चुनावमा बहुमत ल्याउन नदिने प्रतिबद्धता


काठमाडौं, असोज ३० गते । रातो तारा डट कम,
 नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच एकता भएको छ । पार्टी एकताको दस्तावेजमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र फोरम अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकता कार्यक्रममा नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकता भएको हो । गच्छदारले दश वर्ष अघि कांग्रेस त्यागेर उपेन्द्र यादव नेतृत्वमा मधेसी जनअधिकार फोरम गठन गरेका थिए ।

एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै फोरम अध्यक्ष विजयकुमार गच्छदारले अबको सरकार आफूहरुको गठबन्धनले बनाउने दावी गरे। उनले कम्युनिस्टहरुले हठात् एकीकरण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र समाजवाद ल्याउने घोषणा गरेको उल्लेख गर्दै भने, ‘यो भनेको सीधा सीधा लोकतन्त्र सिध्याउने कुरा हो। त्यसैले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा लागेका हौँ।’

गच्छदारले कम्युनिस्टहरुलाई दुई तिहाई हैन, बहुमत पनि ल्याउन दिँदैनौँ भने। उनले अगाडि भने, ‘हामी दुई तिहाई त भन्दैनौँ तर हाम्रो अलायन्सले अबको सरकार बनाउने छ। यो मेरो घोषणा हो।’

वातावरण नै भावुक बन्यो

गच्छदारले आजैका दिनदेखि नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेससित एकतावद्ध भएको र समाहित भएको घोषणा गरे।  फोरम लोकतान्त्रिकका नेता शिवलाल थापा, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुलगायत नेताहरु भने एकतामा गएनन् ।

उनले २०६४ माघ १८ गते बालुवाटारबाटै नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेर हिँडेको स्मरण गर्दै घुँक्कघुँक्क गर्दा वातावरण भावुक भयो। प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसका अरु नेताहरुले पनि आँसु पुछेको देखिन्थ्यो।

एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गच्छदारले हात मिलाउँदा दुवैको हात मिलाइदिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिए।(news24 bat)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.